दाङमा तोरी उत्पादनमा वृद्धि

दाङ । दाङमा यसवर्ष तोरीे उत्पादनमा वृद्धि भएको छ । तोरी छर्ने सिजनमा पर्याप्त मात्रामा वर्षा भएकाले तोरी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

तोरी छर्ने सिजनमा वर्षा भएकाले गएको वर्षको तुलनामा यस वर्ष दाङमा तोरी उत्पादनमा वृद्धि भएको कृषि अर्थविज्ञ पृथ्वीप्रसाद लामिछानेले बताए ।

कति प्रतिशत उत्पादनमा वृद्धि भयो भन्ने एकिन तथ्याङ्क आइनसकेको तर यस वर्ष कम्तीमा पनि पाँच प्रतिशतले तोरी उत्पादनमा वृद्धि भएको हुनसक्ने आफूहरुको अनुमान रहेको लामिछानेले बताए ।

दाङमा यसवर्ष १८ हजार तीन सय हेक्टर क्षेत्रफलमा तोरी लगाइएको छ । यस वर्ष २३ हजार सात सय ९० मेट्रिक टन तोरी उत्पादन भएको आकलन गरिएको छ ।

कृषि अर्थविज्ञ लामिछानेका अनुसार जिल्लामा अहिले स्थानीय जातको काउली तोरी र कपुरकोटे जातको तोरीको खेती हुँदै आएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस