मर्मतका लागि घोराही–लमही र दाङ–सल्यान सडक आजदेखि केही दिन बन्द गरिने

दाङ । घोराही लमही सडक खण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय दाङले सूचना प्रकाशित गरी आजदेखि ३० गतेसम्म दैनिक ९ घण्टा सडकखण्ड बन्द हुने जानकारी दिएको हो ।
सडक मर्मत गर्नुपर्ने भएकाले बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन पूर्ण रूपमा बन्द हुने सडक डिभिजन कार्यालयका प्रमुख रामपुकार जैसवालले जानकारी दिए ।
यस्तै दाङ–सल्यान सडकखण्ड पनि आजदेखि दैनिक साढे ८ घण्टा बन्द भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्डको कपुरकोटदेखि चोरखोलासम्म सडक मर्मत गर्न सडक खण्ड बन्द गरिएको हो ।
उक्त सडकखण्ड आजदेखि चैत १ गतेसम्म बन्द गरिने भएको हो । उक्त सडक खण्डमा दैनिक विहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ साढे ५ बजेदेखि ८ बजेसम्म मर्मतको काम गर्न यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ ।
सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले कपुरकोट चोरखोला सडकखण्डमा दैनिक तीन सिफ्टमा काम शुरु भएको जानकारी दिए ।