दाङ–सल्यान सडकखण्ड १० दिन बन्द हुने

दाङ । दाङ–सल्यान सडकखण्ड १० दिन बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तरगत दाङ–सल्यान सडकखण्डमा पर्ने कपुरकोटदेखि चोरखोलासम्म मर्मत गर्नु पर्ने भएकाले उक्त सडकखण्ड १० दिन बन्द हुन लागेको हो ।

भोलिदेखि चैत १ गतेसम्म उक्त सडकखण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए । कपुरकोट चोरखोला सडकखण्डमा दैनिक तीन सिफ्टमा काम हुँदैछ ।

सोही अनुसार सवारी आवागमन पनि रोकिने सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताए । उनका अनुसार दैनिक विहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ । दोस्रो दिउँसो ११ बजेदेखि दिउँसो ३ बजेसम्म र तेस्रो सिफ्ट साँझ ५३० देखि ८ बजेसम्म मर्मतको काम हुनेछ ।

यहि समयवधिमा सवारी आवागमन पनि रोकिने खड्काले जानकारी दिए । राप्ती राजमार्गको विभिन्न ठाउँमा मर्मतको काम हुँदै आएको छ । यसअघि पनि सडक मर्मतका लागि पटक–पटक सवारी आवागमन रोकिदै आएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस