प्रदर्शनीका बारेमा सुरक्षा निकाय तथा स्वास्थ्य क्षेत्रका संग छलफल

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ का बारेमा सुरक्षा निकाय तथा स्वास्थ्य क्षेत्रका व्यक्तिहरु संग छलफल गरिएको छ । छलफलमा सहभागिहरुले संघले थालेको कार्यलाई आफनो क्षेत्र वाट सहयोग गर्ने बताएका थिए । उनीहरुले प्रदर्शनीलाई सभ्य तथा भव्य बनाउनका लागि आ आफनो क्षेत्रमा बाट सुझाव समेत दिएका थिए ।

त्यस अवसरमा जिल्ला ट्राफिक प्रहरी प्रमुख, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि र घोराही क्षेत्रमा रहेका निजी तथा सरकारी अस्पतालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम मुल आयोजक समितीका सह संयोजक अनिल आचार्यको अध्यक्षता तथा मुल आयोजक समितिका सह संयोजक एवम संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । मुल आयोजक समितिमा सह संयोजक रामप्रसाद पोख्रेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण पार्किङ व्यवस्थापन उपसमितिका संयोजक विनोदप्रसाद पाण्डेले गरेका थिए ।

पार्किङ व्यवस्थापन उप समिति विस्तार गरिएको छ । समितीको सदस्यमा रत्नराम वञ्जारा, क्षेत्रवहादुर केसी, घनश्याम खनाल, भोजराज केसी, गोपाल खनाल, शहदेव थारु रहेको छन् । समितिको सल्लाहकारमा श्रीधर पोख्रेल, छविनारायण गिरी रहेको पार्किङ व्यवस्थापन उपसमितिका संयोजक विनोद पाण्डेले जानकारी दिए । प्राथमिक उपचार व्यवस्थाप उप समिती विस्तार गरिएको छ । उप संमितिका संयोज लिलाराम खडकाको अध्यक्षतामा तथा मुल आयोजक समितिका सह संयोजक नरेश कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।

समितिको सदस्यहरुमा दिनेश आचार्य, भेषराज वि सी, श्यामकुमार गिरी, बालकुमार घर्ति, राजिमान वुढा, भुवनेश्वर बुढा, धुव्र रावत, धर्मन्द्र श्रेष्ठ, विक्रम कुवर, थम्मन चौधरी, डिल्लीराज आचार्य, लिलावहादुर डाँगी, शुसीलप्रकास आचार्य, रत्नराम बञ्जारा, हिरालाल बि क , भिमसेन डाँगी, सालिकराम आचार्य, चेतनाथ धिताल रहेका छन् । समितीका सल्लाहकारहरुमा टंक पोख्रेल, श्रीधर धिताल, बिरवहादुर खत्री (विरु) रहेका छन् । बैठकले औषधी आपुर्तीका लागि वलकुमार घर्ति, उपचार तथा एम्वुलेन्स व्यवस्थापनका लागि दिनेश आचार्य, प्राविधिक जन शक्ति व्यवस्थापनका लागि शालिकराम आचार्य, यातायात व्यवस्थापनका लागि रत्नराम बञ्जारा र पानी व्यवस्थापनका लागि धर्मराज श्रेष्ठ लाइ जिम्मेवारी दिने निर्णय गरेको छ ।

स्वयसेवक परिचालन उप समिती विस्तार गरिएको छ । उप समितीका संयोजक ज्ञानवहादुर फौदार क्षेत्रिको अध्यक्ष तथा मुल आयोजक समितीका सह संयोजक अनिल आचार्यको प्रमुख आतिथ्यतामा भएको बैठकले समिती विस्तार गरेको हो । समितीको सदस्यहरुमा पुकार रावत, वोधिकिरण महरा, बलिराम के सी, मिलन शर्मा, पदम चन्द्र, भुपेश चौधरी, मुकेश भुसाल रहेका छन् । समितिको सल्लाहकारमा रुपक थापा, रोम वली रहेका छन् । संघको आयोजनामा“उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास” भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको लागि प्रचार प्रसार, चिठी पत्र पठाउने, भेटघाट, छलफल तथा प्रदर्शनी स्थलमा भौतिक निर्माण कार्य समेत तिव्रता दिएको प्रर्दशी मुल आयोजक समितीका संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिए ।

प्रदर्शनीलाई मर्यादित तथा व्यवस्र्थीत बनाउन सबै उप समितीले काम अगाडि बढाएको उनको भनाइ छ । अहिले सबै उप समितीहरुले आफनो कामलाइ तिव्रता दिएको मुल आयोजक समितीका सह संयोजक एवम संघका महासचिव महेन्द्र वढाथोकीले जानकारी दिए । अहिले सबै उप समितीहरुले आफनो जिम्मेवारी अनुसार आफनो कामलाइ तिव्रता दिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस