किवानीस क्लब अफ राप्ती नेपाल दाङ देशकै उत्कृष्ट  

दाङ ।  किवानीस क्लब अफ राप्ती नेपाल दाङ दुई वटा विधाबाट सम्मानित भएको छ । चितवनमा भएको दुई दिने राष्ट्रिय सम्मेलनबाट राप्ती  किवानीस क्लब दाङ देशकै उत्कृष्ट क्लबबाट सम्मानित भएको हो । क्लबलाई देशभरका क्लबबाट उत्कृष्ट क्लब र सक्रिय रुपमा काम गरेको भन्दै सम्मानित भएको छ ।

क्लबले जिल्लामा बबई घाटको सरसफाइ, तुलसीपुरको बसपार्कको सार्वजनिक शौचालय सरसफाइ, सडक निर्माण , अनाथ बालबालिकालाई आश्रय दिँदै  आएको दिदीघर  संस्थालाई मासिक ५० हजार रुपैयाँ सहयोग, सरकारी विद्यालयमा स्टेसनरी सामाग्री वितरण लगायतका विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

निवर्तमान अध्यक्ष विमल कुमार पोख्रेल ‘जेठु’को कार्यकालमा बबई घाटबाट करिब २० ट्याक्टर सरसफाइ गरेकोले राष्ट्रिय स्तरमै चर्चा बटुलेको थियो । पोख्रेल २०२०-०२१ का अध्यक्ष रहेका थिए । २०२१-२०२२ का अध्यक्ष भुपाल रावत रहेका छन् । यस क्लबमा अध्यक्षहरूको एक वर्षको कार्य हुन्छ । चितवनमा यही फागुन २० र २१ गते ‘मीड एयर कन्फरेन्स’ कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस