बाढीपीडितको गुनासोः हाम्रो नाम सिफारिश गरिएन

घोराही । दाङ तुलसीपुर उपमहानगरपालिका १३ का ५ जना बाढीपीडितले आफूहरुको नाम सिफारिश नगरेको भन्दै गुनासो गरेका छन् । ५ बाढी पीडितले एक विज्ञप्ती जारी गरि २०७१ सालको बाढीमा तुलसीपुर १३ मा ७२ जना बाढी पीडित भएपनि वडाले ६७ जनाको मात्रै सिफारिश गरेर पठाएको गुनासो गरेका छन् ।

मन्त्री परिषदको निणर्यले नै ७२ जना बाढीपीडित रहेको र गएको बर्षसम्म राहात उपलब्ध गराउँदै आएको भएपनि यस वर्ष भने वडाले साफरिस नगरेर अन्याय गरेको बाढी पीडित संघर्ष समिति दाङका सचिब शिवप्रसाद चौधरीले बताए । उनका अनुसार अजय विक, शिवप्रसाद चौधरी, खलबहादुर घर्ती, मनकला विश्वकर्मा र देविराम कुसारीको नाम सिफारिश नगरेको भन्दै गुनासो गरेका हुन् । कार्यबहाक वडाध्यक्ष विनोद पाण्डेले ६७ जनाको मात्रै सिफारिश गरेको स्वीकार गरे ।

उनले उपमहानगरपालिकाको कार्यपालिकालाई ६७ जनाको मात्रै सिफारिस गरेको बताए । त्यो सिफारिश उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा पठाउने र त्यही अनुसार सरकारले राहत उपलब्ध गराउने गरेको छ । बाढीपीडितहरुले बार्षिक १८ हजार ६ सय ९५ रुपैँया सरकारबाट पाउँदै आएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस