राप्ती नदी किनारमा एक पुरुषको शब भेटियो

दाङ । देउखुरीको राप्ती नदी किनारमा एक पुरुषको शब फेला परेको छ । राप्ती गाउँपालिका ३ बसन्तपुर निवासी ५४ वर्षिय ल्यापटेन चौधरीको गढवा गाउँपालिका वडा नम्बर २ राप्ती नदीको पचाहा—अर्नाहनपुर घाटको नदी किनारमा शब फेला परेको हो ।

गत फागुन १ गतेदेखि हराइरहेका चौधरीको राप्ती नदी किनारमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

शबको पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ भने घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक पुरुषको शरिरका विभिन्न भागमा चोटपटक लागेको बताईएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस