तुलसीपुरबाट पहिलो पटक ई-पासपोर्ट सेवा सुरु

तुलसीपुर । दाङको तुलसीपुरबाट पहिलो पटक ई–पासपोर्ट सेवा सुरु भएको छ । ईलाका प्रशासन कार्यालय तुलसीपुरमा बुधबारदेखि ई–पासपोर्ट सेवा सुरु गरिएको कार्यालय प्रमुख यज्ञबहादुर बुढाले जानकारी दिए । विगत दुई महिनादेखि एमआरपी पासपोट (राहदानी) सेवा रोकिएको थियो ।

कार्यालयबाट अबदेखि ई–पोसपार्ट सेवा सुचारु भएको उनले जानकारी दिए । यसअघि ई–पासपोर्टका लागि काठमाडांै जानुपर्ने बाध्यता थियो । अब तुलसीपुरबाट राहदानी बनाउन सकिने उनले जानकारी दिए ।

कार्यालयले पहिलो दिन दुई जना सेवाग्राहीको ई–पासपोटको फर्म भरेर सेवा सुभारम्भ गरेको उनले जानकारी दिए । उनले साविक राप्ती अञ्लचलकै पहिलो पटक दाङको तुलसीपुरबाट यो सेवा सुचारु गरिएको बताए । राहदानी विभागबाट आउनु भएका नेटवर्क ईन्जिनियर हडसन बसीले प्राविधिक बारे जानकारी दिएपछि सेवा सुचारु गरिएको उनले जानकारी दिए ।

राहदानी विभागले एमआरपी पासपोर्टलाई विस्थापित गरी ई–पासपोट लागु गर्ने योजनाका साथ यसअघि एमआरपी राहदानी सेवा स्थगित गरेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस