दाङको तुलसीपुरमा अटोको नयाँ भाडादर लागु गर्ने तयारी
तुलसीपुर । तुलसीपुरमा अटो भाडा मुल्य समायोजन हुने भएको छ । तुलसीपुर क्षेत्रमा चल्ने अटोको भाडादर समान नभएकाले फागुन १ गतेबाट नयाँ भाडादर लागु गर्ने तयारी गरिएको हो ।
तुलसीपुर उपमहानगरपालीका र अटो व्यबसायि बिच भएको छलफलमा अटोको नयाँ भाडादर कायम गर्ने प्रस्ताव गरिएको छ । जसअनुसार आगामी फागुन १ गते देखि लागु हुने गरि बजारको मेनरोड देखि २ किलोमिटर आसपासमा ३० रुपैयाँ लागु गर्ने तयारी छ ।
यस्तै बजार क्षेत्रभन्दा अन्य ठाउँमा भए पक्कि सडकमा प्रतिकिलो मिटर साढे सात रुपैयाँ र कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपैयाँ भाडा थप हुँदै जाने प्रस्ताव गरिएको उपभोक्ताहित संरक्षण मञ्चका उपाध्यक्ष केशवकुमार शर्माले जानकारी दिए ।
अटो व्यवसायी, उपभोक्ता हित संरक्षण मञ्च, वडाका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागीतामा भएको छलफलमा माघको अन्तिमतिर फेरि बठैक बसेर नयाँ भाडादरको टुंगो लगाइयने उनले बताए ।