पछिल्लो २४ घण्टामा १९५७ संक्रमित थपिँदा, ११ जनाको मृत्‍यु

काठमाडौँ  ।  नेपालमा  पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ जना र ४ हजार १०५ एन्टीजेन परीक्षण गर्दा ७७३ जना गरी कुल १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्‍यु भएको छ । योसँगै हाल सम्म कोरोना सङ्क्रमणबाट देशभर ११ हजार ८३८ जनाको मृत्यु भएको छ ।  त्यसैगरी पछिल्लो २४ घण्टामा थप ५ हजार १०३ जना कोरोना मुक्त भएका छन् । योसँगै हाल सम्म ९ लाख २० हजार ५९२ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।  त्यस्तै हाल देशभरमा ३६ हजार १८१ सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस