सम्बन्धबिच्छेद ग्राफ : परिवार र समाजमा नकारात्मक असर

दाङ । जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदको ग्राफ बढ्दै गएको छ । यसले परिवार र समाजमा समेत नकारात्मक प्रभाव पारेको छ । दाङ जिल्ला अदालतको तथ्यांक अनुसार पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएको देखाउँछ ।

अदालतमा चालु आर्थिक वर्ष २०७८÷०७९ मा पुस मसान्तसम्ममा ८ सय ७० वटा मुद्दा दर्ता भएका छन् । जुन चालु आर्थिक वर्ष र केही अघिल्लो आर्थिक वर्षका समेत हुन् । अदालतले आयोजना गरेको पत्रकार सम्मेलनमा पुस मसान्तसम्म परेका ८ सय ७० मुद्दामध्ये ५ सय १२ वटा मुद्दा फच्र्यौट भएको र बाँकी ३ सय ५८ वटा मुद्दा रहेको जिल्ला न्यायाधीश रितेन्द्र थापाले बताए ।

उनका अनुसार पछिल्लो समय सम्बन्धबिच्छेदका मुद्दा बढ्दै गएका छन् । ‘सम्बन्धविच्छेदको मुद्दा बढ्दै जानु राम्रो संकेत होइन’, उनले भने– ‘यसले समाजमा पनि नराम्रो प्रभाव पार्छ । समाज सम्बन्धविच्छेदतर्फ गएको देखिन्छ ।’ अदालतमा पर्ने सम्बन्धविच्छेद मुद्दाहरुका अधिकांश कारण वैदेशिक रोजगार, अन्र्तजातीय विवाह र सानै उमेरमा विवाह छन् ।

अदालतमा पुस मसान्तसम्ममा चालु आर्थिक वर्ष तथा अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरिआएका गरी ३ हजार ३ सय ५५ वटा मुद्दा रहेका थिए । जसमा १ हजार ४ सय ३५ वटा फच्र्यौट भइसकेका छन् भने १ हजार ९ सय २० वटा बाँकी छन् । अदालतमा परेका मुद्दामध्ये अंशसम्बन्धी ३ सय ६९ वटा मुद्दा परेका थिए ।

१ सय ३८ वटा फच्र्यौट भइसकेका छन् भने २ सय ३१ वटा मुद्दा बाँकी रहेका छन् । लेनदेनका २ सय ६ वटा मुद्दा परेकोमा १ सय १४ वटा मुद्दा फच्र्यौट भएका छन् भने ९२ वटा मुद्दा बाँकी रहेको न्यायाधीश थापाले बताए । लागूऔषध सम्वन्धी ७३ वटा मुद्दा परेकोमा २१ वटा फच्र्यौट भएका छन् भने ५२ वटा बाँकी रहेका छन् । कर्तव्य ज्यान सम्बन्धी ९० वटा मुद्दा परेकोमा ३० वटा फच्र्यौट भइसकेका छन् भने ६० वटा बाँकी छन् ।

सवारी ज्यानसम्बन्धी ६० वटा मुद्दा परेकोमा ३५ वटा फच्र्यौट भएका छन् भने २५ वटा बाँकी छन् । जवर्जस्ती करणीसम्बन्धी १ सय ५८ वटा मुद्दा परेकोमा ७१ वटा फच्र्यौट भएका छन् भने ७ बाँकी रहेका छन् । बालविवाह र बहुविवाहसम्वन्धी ५५ वटा मुद्दा दर्ता भएका थिए । जसमा २२ वटा फच्र्यौट भएका छन् भने ३३ वटा बाँकी रहेका छन् । वनसम्बन्धी ६६ वटा मुद्दा परेकोमा १ वटा फच्र्यौट भएका छन् भने ४८ वटा बाँकी रहेका छन् । अन्य १ हजार ४ सय ८ मुद्दा परेकोमा ४ सय ७४ फच्र्यौट भएका छन् भने ९ सय ३४ वटा बाँकी रहेका छन् ।

अदालतमा पुस मसान्तसम्म फैसला हुन १ हजार ९ सय २० वटा मुद्दा बाँकी रहेको न्यायाधीस थापाले बताए । यसरी बाँकी रहेका मुद्दाहरुमध्ये ६ महिनाभित्रका १ हजार ६८ वटा, ६ महिना देखि १ वर्षसम्मका ३ सय ७८ वटा, १८ महिनादेखि २ वर्षभित्रका ६२ वटा र २ वर्ष नाघेका ६४ वटा मुद्दा रहेको उनले बताए ।

विभिन्न कारणले २ वर्षसम्मका मुद्दाहरु फैसला हुन नसकेको उनको भनाइ छ । २ वर्ष नाघेका मुद्दाहरु फैसला गर्नतर्फ आफूहरुको ध्यान केन्द्रित रहेको न्यायाधीश थापा बताउँछन् । ५ जना न्यायाधीश हुनुपर्ने भए पनि अहिले ३ जना न्यायाधीले मुद्दा हेरिरहेकोले पनि केही समस्या भएको उनले बताए ।

नाबालकको ७६ वटा मुद्दा

दाङ जिल्ला अदालतमा नाबालकका ७६ वटा मुद्दा छन् । अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरी आएको ३८ वटा नयाँ मुद्दा गरी ७६ वटा रहेको न्यायाधीश थापाले बताए । परेका मुद्दाहरुमध्ये नयाँ १२ वटा जिम्मेवारी सरी आएका २१ वटा गरी ३३ वटा फच्र्याैट भइसकेका छन् भने जिम्मेवारी सरी आएका १७ वटा र नयाँ २६ गरी ४३ वटा मुद्दा बाँकी रहेका छन् ।

अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको पत्रकार सम्मेलन सम्मेलनको सहजीकरण सूचना अधिकारी राजेन्द्रकुमार शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस