वार्षिकोत्सवका अवसरमा सामग्री वितरण 

दाङ । तुलसीपुर उपमहानगरपालिका १९ हाडिमेमा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रले आठौँ वार्षिकोत्सवका अवसरमा विभिन्न सामग्री वितरण गरेको छ । संस्थाले तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको दिदी घरले सञ्चालनमा ल्याएको बालगृहमै पुगेर सामग्री हस्तान्तरण गरेको हो । 

संस्थाले चामल, दाल, आलु, तेल, नमकिन, बिस्कुट, चिउरा, मसला, मास्क ,स्यानीटाइजर हस्तान्तरण गरेको हो । संस्थाका सल्लाहकार सुनीलकुमार पोखरेलको अध्यक्षता एवम् महिला अधिकारकर्मी सुष्मा गिरी लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा संस्थाका निर्देशक सुरेश भुसालले दिदी घरका अध्यक्ष स्यानी चौधरीलाई सामग्री हस्तान्तरण गरेका  थिए ।  

बाल संरक्षण केन्द्रमा चारदेखि १२ वर्ष उमेरका २३ जना बालबालिकाहरू रहेका छन् । संस्थाले हालसम्म एक हजार बढीको उपचारपछि घरपरिवारमा पुन स्थापना गराएको छ भने ६० जना आर्थिक रूपमा विपन्न समुदायका लागू पदार्थ  दुव्यर्सनी हरूलाई निशुल्क रूपमा उपचार गरेको छ । 

कार्यक्रममा यातायात व्यवसायी सुमन पोखरेल, दिदी घरकी अध्यक्ष स्यानी चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस सल्लाहकार गोकर्ण पौडेलले गरेका थिए । संस्थाले वार्षिकोत्सवका अवसरमा विगतमा समेत बालबालिका, ज्येष्ठ नागरिकहरूलाई विभिन्न सामग्री वितरण गर्दै आएको छ भने लागू पदार्थ  दुव्यर्सनी सम्बन्धी अभिभावक शिक्षा, सचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।

त्यसैगरी संस्थामै लागू पदार्थ  दुव्यर्सनीका बारेमा निशुल्क रूपमा मल्टि ड्रग्स परीक्षण गर्दै आएको छ । केन्द्रमा सीप सिकाएर आत्मनिर्भर बन्न चाहनेहरूका लागि निशुल्क रुपमा तालिम र आवश्यक सामग्री समेत उपलब्ध गराउँदै आएको छ । 

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस