लमही खानेपानी संस्थाको नयाँ नेतृत्व चयनका मतदान हुँदै

लमही । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका आज मतदान हुदैछ । मतदानलाई आफ्नो पक्षमा पार्न दुबै प्यानलका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेका छन् ।

लमहीको सार्वजनिक बगैंचामा ८ बजेबाट मतदान सुरु भएको निर्वाचन संयोजक कुलचन्द्र पौडेलले जानकारी दिए । लमही खानेपानीको नेतृत्वको लागि संयुक्त लोकतान्त्रिक प्यानल गठबन्धनको तर्फबाट जंगबहादुर चौधरीको नेतृत्व र लोकतान्त्रिक प्रगतिशिल प्यानल नेकपा एमालेको तर्फकबाट सनमकुमार पौडेलले उम्मेदवारी दिएका छन् ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा ४ हजार २७७ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस