प्युठानमा जन्ती बोकेको जिप दुर्घटना : ६ जनाको मृत्यु, ७ गम्भीर घाइते

प्युठान । प्यूठानमा जन्ती बोकेको जिप गयराती दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा बेहुलासहित ७ जना गम्भीर घाइते भएका छन्।

नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा बिहान ३ बजे दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा घाइते भएकालाई जिल्ला अस्पताल पुर्‍याइएको छ। बेहुलाको घर नजिकै पुगेको बेला जिप दुर्घटनामा परेको थियो।  जिप सडकदेखि ३ सय मिटर तल खोल्सामा खसेको थियाे । रातीको समय भएकाले विस्तृत विवरण आइनसकेको थापाले जानकारी दिए।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस