राष्ट्रिय भूमि आयोगको टोलीद्धारा बबईमा स्थलगत अनुगमन

दाङ । राष्ट्रिय भूमि आयोगको टोलीले पश्चिम दाङको बबई गाउँपालिकामा स्थलगत अनुगमन गरेको छ । बबई गाउँपालिकामा हालसम्म भएका सुकुम्बासी समस्या समाधानका लागि भएका कामहरूको स्थलगत अनुगमन गरिएको हो ।

राष्ट्रिय भूमि आयोग गठन भएर सम्झौता भएपछि पहिलो पटक बबई गाउँपालिकामा स्थलगत अनुगमन गरिएको हो । आयोगका विज्ञ सदस्य टेकबहादुर शाह, कर्मचारी मणि रेग्मीको टोलीले अनुगमन गरेको हो ।  गाउँपालिकाले २०७७ साल कार्तिक महिनादेखि भूमिको समस्या समाधानका लागि काम गर्दै आएको छ । पहिलो पटक सेवा सुरु गरेको गाउँपालिकाले दोस्रो पटक २०७८ साल पुस २४ गते सम्झौता गरेका कामलाई जारी राखेको छ ।

गाउँपालिकाले हाल बस्तीस्तरका पुगेर जग्गा नापी कार्यलाई जारी राखेको छ । जग्गा नापी गर्नका लागि ४ वटा टोली गाउँपालिकाले खटाएको छ । पहिलो चरणमा गाउँपालिकाले वडा नम्बर १ मा जग्गा नापी गरी सकेको छ ।

२, ३ र ४ मा अन्तिम चरणमा नापीको काम रहेको छ ।यस्तै वडा नम्बर ५, ६ र ७ मा पनि नापी गरिने गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा गाउँपालिकाले ५५६ परिवारलाई लालपुर्जा वितरणको तयारी गरेको अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस