दाङमा बर्षाले गर्दा तीन करोड बराबरका इट्टामा क्षति

दाङ । पटक–पटकको बर्षादले गर्दा दाङमा करोडौंको इट्टामा क्षति भएको छ । दाङ देउखुरी इट्टा व्यबसायी संघ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यसअघि असोजमा भएको बेमौसमी बर्षाद र त्यसयता बिभिन्न समयमा भएका बर्षादले गर्दा ३ करोड बराबरको इट्टामा क्षति भएको हो । “समय–समयमा बर्षा भइरहेको छ, यो बर्षाले हाम्रो इट्टामा निकै क्षति पु¥यायो”, उनले भने “अहिलेसम्म करिब ३ करोड क्षति भइसकेको छ ।” पकाउनका लागि तयारी अबस्थामा राखिएका इट्टा पानीले भिजाउदा नष्ट हुने गरेको उनको भनाई छ ।

यसले गर्दा पनि यो बर्ष जिल्लामा इट्टाको अभाब हुन सक्ने उनको भनाई छ । जिल्लामा हाल ३५ वटा इट्टा उद्योग छन् । यस वर्ष घाटा हुने देखिएपछि इट्टा उद्योग बन्द हुने अबस्था आएको समेत उनको भनाई छ । यसअघि मात्रै जिल्लामा इट्टामा पानीले क्षति गरेपछि मूल्य बृद्धि समेत गरिएको थियो ।

१ नम्बर इट्टाको प्रति मूल्य रु १६, २ नम्बर इट्टाको प्रति रु. १२ र ३ नम्बर इट्टाको प्रति रु १० तोकिएको थियो । प्रत्येक ईट्टामा रु १ बृद्धि गरिएको छ । राज्यले बीमाको ब्यबस्था नगर्दा पनि समस्या उत्पन्न भएको अध्यक्ष योगीले बताए ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस