सिसा सस्थाद्वारा नौ हजार मास्क वितरण

दाङ । सिसा नेपाल सस्थाले एक हप्तामा नौ हजार नागरिकलाई मास्क वितरण गरेको जनाएको छ । कोरोना भाइरस विरुद्ध सचेतनासँगै नागरिकलाई कोरोनाबाट बच्न सहयोग पु¥याउने उद्देश्यले सुरु गरेको खोई तपाईको मास्क ? अभियानका क्रममा नौ हजार बढी नागरिकलाई घोराहीको तुलसीपुरचोकमा मास्क वितरण गरेको जनाएको हो ।

डिसिसिएमसी दाङको समन्वय तथा जिल्लामा क्रियाशिल विभिन्न सामाजिक संघसस्था, राजनीतिक दललगायतको सहयोगमा माघको ११ गतेदेखि १७ गतेसम्म घोराही बजारको मुख्य चोकमा मास्क नलगाएर हिड्ने मानिसलाई निशुल्क रुपमा मास्क वितरण गरेको सिसा सस्थाका अध्यक्ष साजिदा सिद्धिकीले बताइन । उनले कोरोना जोखिमको समयमा नागरिकलाई रोगबाट बचाउनका लागि सस्थाले सहयोग गरेको बताइन ।

‘जोखिमको समयमा नागरिकलाई सहयोग गर्ने उद्देश्यसले सस्थाले मास्क वितरण गरेको हो’,अध्यक्ष सिद्धिकीले भनिन्,‘अभियानमा जोडिएर सहयोग गर्ने सवैलाई धन्यावा ।’ उनले एक हप्ते अभियान सकिएको भन्दै आगामी दिनमा पनि थप कार्यक्रमहरु गर्ने बताइन । मास्क अभियानका क्रममा बजारमा मास्क नलगाएर हिड्ने सर्वसाधारण नागरिकलाई मास्क सहयोगसँगै कोरोना भाइरसको जोखिमबारेमा काउन्सीलिङ समेत गरिएको थियो ।

सप्ताहव्यापी अभियान समापन कार्यक्रममा महिलाअधिकारी,सञ्चारकर्मीलगायत सस्थाका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सिस्था सस्थाले कोरोना भाइरसको पहिलो र दोश्रो चरणमा पनि सर्वसाधारणहरुलाई मास्क, सेनेटाइजर, अस्पतालमा अक्सीजन सिलिण्डर, लकडाउनका क्रममा विपन्न परिवारलाई खाद्यान्न सहयोगदेखि अस्पतालहरुमा स्वास्थ्य सामग्री समेत सहयोग गरेको थियो । उनले आगामी दिनहरुमा समेत अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्ने बताएकी थिइन ।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस