स्थापना दिवसको अवसरमा तुलसीपुरमा मास्क वितरण कार्यक्रम

दाङ । प्रेस सेन्टर नेपालको १८ औैं स्थापना दिवसको अवसरमा तुलसीपुरमा मास्क वितरण गरिने भएको छ । शनिबार दिउँसो १२ बजे तुलसीपुर बजारमा मास्क वितरण गरिने प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाका अध्यक्ष दामोदर बस्नेत ( राकेश ) बताए । साथै, मास्क वितरण कार्यक्रममा सहभागि हुनको लागि तुलसीपुर शाखाका सम्पूर्ण साथीहरू तथा सञ्चारकर्मीहरूलाई उपस्थितको लागि समेत आग्रह गरेका छन् ।
उनले कोरोना महामारीको समयमा स्थापनाको अवसरमा कुनै पनि कार्यक्रम गर्न नसकिएको भन्दै कोरोना सङ्क्रमणबाट बच्नको लागि जनचेतना दिनको शाखाले मास्क वितरण कार्यक्रम तय गरेको समेत उनले बताए । यसैबीच शाखाका अध्यक्ष बस्नेत र सचिव विकास डाँगीले विज्ञप्ति निकालेर स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । न्याय, समानता र परिवर्तनका लागि श्रमजीवीको पक्षमा कलम चलाउने सम्पूर्ण कलम जिवीहरूमा हार्दिक शुभकामना, विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै हाम्रा अग्रजहरूले देखाएको बाटोमा हामी सँधै लामबद्ध भएको भन्दै सञ्चारकर्मीहरूको हकहितका लागि सङ्गठनले काम गर्ने समेत उल्लेख छ । त्यस्तै स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल दाङले दीप प्रज्वलन गर्न लागेको छ ।
शनिवार बेलुकी ६ बजे नेपाल पत्रकार महासंघ दाङको प्राङ्गणमा दीप प्रज्वलन गरिने प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले जानकारी दिए । दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन सम्पूर्ण सञ्चारकर्मीहरूलाई आग्रह गरिएको छ ।