कैदीबन्दीलाई टेलिभिजन, गितार र मादल

दाङ । तुलसीपुर कारागारमा रहका कैदीबन्दीहरुलाई टेलिभिजन, गितार र मादल सहयोग गरिएको छ । बन्दि सेवा संघले तुलसीपुर कारागारका जेलर अम्मरबहादुर वलीलाई टेलिभिजन, गितार, मादल हस्तान्तरण गरेको हो । संघले विशेष गरी बन्दीहरूको सेवाको लागि काम गर्दै आएको संघका अध्यक्ष जय देउलाले बताए ।

संघले विभिन्न जिल्लाका कारागारहरूमा कैदीबन्दीहरूलाई आवश्यक पर्ने सामाग्रीहरू सहयोग गर्दै आइरहेको उनको भनाई छ । त्यस्तै उनले कुनैपनि कैदीबन्दीहरू जरिवाना तिर्न नसेकेर कारागारमा बसेकाहरूलाई पनि सहयोग गर्दै आएको बताए ।

तुलसीपुर कारागारमा अहिले महिला र पुरुष गरी करिब साढे ५ सय कैदीबन्दीहरू रहेका छन् । क्षमता ३ सय जनाको हो । तर, धेरै कैदीबन्दीहरू भएपनि कारागारको तर्फबाट दिनुपर्ने सबै सुविधाहरू दिइएको जेलर अम्मरबहादुर वलीले बताए ।

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस