भेटाएको नगद प्रमाणसहित लैजान आग्रह

घोराही । दंगीशरण गाँउपालिका १ रामपुरका नारायण चौधरीले भेटाएको नगद विश्वासीलो आधार दिएर लैजान आग्रह गरेका छन । प्रहरी चौकी कालिका बर्दियामा ट्राफिक प्रहरीमा कार्यरत चौधरीले घोराही तुलसीपुर सडक खण्डमा ६२ हजार ८ सय नगद भेटाएको भन्दै विश्वासीलो आधार दिएर लैजान आग्रह गरेका हुन ।
उक्त रकम एक सवारी सधानबाट खसेको र आफुले आवाज दिदा पनि सावरी साधनको ब्यक्तिले नसुनेर गएपछि रकम उठाएको चोधरीले बताए । उनले सवारी साधनको प्रकार, सवार यात्रुको संख्या र लिंगका बारेमा जानकारी दिए पनि प्रहरीलाई रकमको खास मालिक पत्ता लगाउन सजिलोको लागि सबै कुरा गोप्य राखिएको छ ।
यसरी रकम भेटाएपछि चौधरीले इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी गोल्टाकुरीलाई जानकारी दिएका थिए । भेटाएको रकम गोल्टाकुरी प्रहरी चौकीका प्रमुख दिनेश विसीको समन्वयमा ईलाका प्रहरी कार्यालय तुलसीपुर बुझाइएको छ ।