चालुआर्थिक वर्षमा दाङमा १५ वटा झोलुंगे पुल निर्माण हुँदै
घोराही । दाङको घोराही ३ मसोट खोलास्थित वर्सेवा घाटमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले पुलको उद्घाटन गरेका हुन् । पुल उद्घाटन कार्यक्रममा बोल्दै उनले गाउँ र शहरलाई जोड्ने भएकाले सुविधा उपभोगमा सहज हुने बताए ।
त्यस्तै सेवा प्रतिष्ठान नेपाल केन्द्रिय कार्यालय दाङका प्राविधिक दिपेश गौतमले चालुआर्थिक वर्षमा जिल्लाका १० स्थानीय तहमा १५ वटा झोलुंगे पुल निर्माण कार्य भइरहेको जानकारी दिए । स्थानीय सरकार, दातृ निकाय तथा सेवा प्रतिष्ठान नेपालको साझेदारीमा झोलुंगे पुल निर्माण भैरहेको उनको भनाई छ ।
राप्ती, दंगिशरण र शान्तिनगरमा एकरएक वटा गढवा, राजपुर, बङ्गलाचुली, लमही, र तुलसीपुरमा २÷२ वटा झोलुंगे पुल निर्माण भैरहेका छन् । प्रतिष्ठानले दाङलगायत पहाडी जिल्ला पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, प्युठानमा सयौँको संख्यामा झोलुंगे पुल निर्माण गरिसकेको जनाएको छ ।