तुलसीपुरमा २२ जनामा कोरोना पुष्टि

तुलसीपुर । तुलसीपुर क्षेत्रमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार मेट्रो अस्पताल अश्वारामा संकास्पद लक्षण भएका ५१ जना व्यक्तिहरुको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा २२ जनाको रिपोट पोजेटिभ देखिएको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

जसमा १३ जना पुरुष र ९ जना महिला रहेको उनले जानकारी दिए । संक्रमित हुनेमा ४ जना शिक्षक, एक जना विद्यार्थी र एक जना स्वास्थ्यकर्मी लगायत अन्य मानिसहरु रहेका छन् । यो संगै तुलसीपुर क्षेत्रमा अहिले संक्रिय संक्रमितको संख्या २३८ रहेको छ । ती मध्ये ८ जना अस्पतालमा र २३० जना होम आईसोलेसनमा रहेका छन् ।

तुलसीपुरमा हालसम्म एक हजार ५७ जनाको कोरोना परिक्षण गरिएके उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस