दाङमा अटो ट्याक्टरसंग ठोकिदा एकको मृत्यु, एक घाईते

घोराही । दाङमा रोकीराखेको ट्याक्टरसंग अटो ठोकिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । तुलसीपुरबाट हेकुली तर्फ जादै गरेको रा १ ह २९६६ नम्बरको अटो सोही दिशा तर्फ रोकीराखेको रा १ त २८२२ नम्बरको ट्रयाक्टर संग हेकुली चोकमा गयराती ठोकिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा परी अटो चालक दंगिशरण ३ हेकुली निवासी २७ बर्षिय मनीष चौधरी र अटोमा सवार दंगीशरण ४ बस्ने ५० बर्षिय दिपक बुढाथोकी गम्भिर घाईते भएका छन् । घाईते दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएकोमा बुढाथोकीको मृत्यु भएको उनले जानकारी दिए ।

चौधरीको टाउको, मुख, बायाँ हातमा गहिरो चोट लागेको थियो भने बुढाथोकीको टाउको, मुख, बायाँ हात, खुट्टा, पेटमा चोट लागेको बताईएको छ । प्रहरीले अटो र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार रहेको जानकारी दिएको छ । अटो दुर्घटनामा परी मृत्यु हुने व्यक्ति सामुदायिक मेलमिलाप केन्द्र हेकुलीका मेलमिलापकर्ता रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस