तुलसीपुर नगरजेसिजमा निर्वाचन : अध्यक्षमा केसी विजयी

तुलसीपुर । तुलसीपुर नगर जेसिजको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको छ । सोमबार भएको निर्वाचनबाट केशवराज केसी अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार मानबहादुर बस्नेत थिए ।

त्यस्तै कार्यकारी उपाध्यक्षमा सन्दिप भुषाल र चेतन कडेँल निर्वाचित भएका थिए । कार्यकारी उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल र बुद्धिराज सापकोटाको उम्मेदवारी परेको थियो ।

त्यस्तै उपाध्यक्षमा सञ्जय न्यौपाने, मनिष शाह, शैलेन्द्र ओली, कान्तुराम खनाल निर्वाचित भएका छन् । उपाध्यक्षका उम्मेदवार कमल साप्कोटा र झग्गुप्रसाद सापकोटा पराजित भएका छन् । त्यस्तै सचिबमा सुरज भण्डारी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस