राष्ट्रिय कर्मचारी महासंघ तुलसीपुरको अध्यक्षमा विएम

तुलसीपुर । नेपाल राष्ट्रिय कर्मचारी महासंघ तुलसीपुर नगरको अध्यक्षमा विवेक विएमलाई चयन गरिएको छ ।
शुक्रबार तुलसीपुरमा भएको भेलाले विएमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा तिला रोका र मित्रलाल विक, सचिबमा सुदन केसी, सहसचिबमा सालिकराम मुसाफिर तथा कोषाध्यक्षमा गोमा पौडेललाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा भरतकुमार बुढा, रामबहादुर शर्मा, धनमया धिताल, विष्णु पन्थी, दर्शन गौतम, थानबहादुर केसी,रेशम वलीलाई चयन गरिएको हो ।
संगठनका जिल्ला उपाध्यक्ष कुन्ता भण्डारीको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी(माओवादी)केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमन्ड’को प्रमुख आतिथ्यमा भेला भएको थियो । जिल्ला उपाध्यक्ष किरण जैसीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
त्यस अवसरमा पार्टीका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरी, डिल्ली रावत, संगठनका केन्द्रीय सदस्य प्रेम खड्का, मस्त थापा, प्रदेश कोषाध्यक्ष शान्तराज गौतम, जिल्ला अध्यक्ष रुद्र पौडेल, जिल्ला अध्यक्ष इश्वरी चालिसेलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण अमर वलीले गरेका थिए ।