नाकामा एमबुलेन्स देख्न पाउँदा स्थानीय खुसी

कोइलाबासा । बिरामी भइयो भने उपचार गर्न भारतमा जानु पर्दथ्यो । कोइलाबासमा गढवा गाउँपालिकाले एमबुलेन्स ल्याएर स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दा निकै खुसी लाग्यो गढवा ८ खबरीनाका बस्ने मानमाया गुरुङले भनिन् । एमबुलेन्स नहुँदा हामीलाई बिरामी हुँदा उपचार गर्न कठिन थियो । रात बिरात बिरामी भएर कैयौ नागरिकले साधन नहुँदा समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाएका छन् । कोइलाबासमा एमबुलेन्स आएको देख्दा अब समयमा उपचार पाइन्छ भन्नेमा ढुक्क भएका छौं गढवा ८ डाँडागाउँ निबासी पिउमाली घर्तीले भने । गुरुङ र घर्ती जस्तै बिहीबार कोइलाबासको स्वास्थ्य चौकीमा एमबुलेन्स आएको देखेर हस्तान्तरण कार्यक्रममा उपस्थित भएका सबै नागरिकहरु खुसी भएका छन् ।

बिरामी हँुदा साधनको अभावमा उपचार गर्न भारतको तुलसीपुर र बलरामपुर जानुपर्ने बाध्यता थियो । अब सानोतिनो बिरामी हुँदा पनि अर्काको देशमा उपचार गर्न जानुपर्ने बाध्यता टरेको छ । नेपाली भएर नेपालमै उपचार गर्ने सुविधा गाउँपालिकाले कोइलाबासमा दिएको एमबुलेन्सले ल्याएको छ गढवा ८ डाँडागाउँकी राजकुमारी बिश्वकर्माले भनिन् । अबका दिनमा समयमै उपचार पाउने आशामा कोइलाबासका नागरिकहरु खुसी भएका छन् ।

नाकाबासीहरुलाई एमबुलेन्स नहुँदा भएको कठिनाईलाई मध्यनजर गर्दै गाउँपालिकाले एमबुलेन्स खरिद गरेर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको हो । यसको अधिकतम सेवा सुविधा यहाँका नागरिकले लिन सक्नुपर्छ–गाउँपालिकाका अध्यक्ष सहजराम यादवले एमबुलेन्स हस्तान्तरण कार्यक्रममा बताए । हामी नाकाबासी नागरिकहरुका समस्या बुझेका छौं त्यसै अनुरुप गाउँपालिका र वडा कार्यालयको तर्फबाट बिकास र समृद्धि अगाडी बढाईरहेका छौं । सडक निर्माणको कार्यले सार्थकता पाउँदा कोइलाबास अब सुगम भै सकेको छ–अध्यक्ष यादवले भने । एमबुलेन्स ल्याउनका लागि म वडा अध्यक्ष भएदेखि धेरै पहल गरें । गाउँपालिकाले पनि मेरो पहलको संबोधन गर्यो । अबका दिनमा नाकाबासीहरुले सहज रुपमा एमबुलेन्स सेवा पाउने भएकोमा मलाई पनि धेरै गर्भ लागेको छ । जनताका लागि प्रदान गर्ने एमबुलेन्स सेवा दिन पाएकोमा एउटा धोको पुरा भएको छ वडा अध्यक्ष सद्दाम सिद्दिकीले भने ।

लमही कोइलाबास सडक निर्माणले सार्थकता पाएपछि बिस्तारै कोइलाबासको मुहार फेरीन थालेको स्थानीयबासीहरु बताउँछन् । मुसी नाकाको बस्ती अध्यारोमा थियो । गाउँपालिकाले बिद्युत्त पु¥याएपछि त्यहाँका नागरिकहरुलाई सहज भएको छ । कोइलाबासबाट मुसी नाका र खबरी नाका पुग्ने सडकको टे«याक पनि खुलेको छ । खबरीनाकामा बिद्युत्तको पहुँच पुग्दै छ । त्यसैगरी कोइलाबासमा आँखा अस्पताल र भ्युटावर समेत निर्माण भएको छ । डाँडागाउँ र कोइलाबास बजारका शाखा सडकहरुमा पक्किनाली र ग्राभेल तथा कालोपत्रे गर्ने कार्य पूरा भएको छ । एमबुलेन्स पनि पुगेपछि अब त्यहाँका नागरिकहरु साधन अभावमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता टरेको छ ।

यसैबिच गढवा गाउँपालिकाले १० लाख ७९ हजारको लागतमा नेपाल सरकारबाट भन्सार राजश्व छुट गरी खरिद गरेको एमबुलेन्स एक कार्यक्रमका बिच कोइलाबास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष सहजराम यादवद्धारा वडा अध्यक्ष सद्दाम सिद्दिकी र कोइलाबास स्वास्थ्य चौकी प्रमुख कृष्ण प्रसाद आचार्यलाई एमबुलेन्स हस्तान्तरण गरिएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, आर्थिक प्रशासन शाखाका प्रमुख पुनाराम शर्मा र स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस