नेपालगञ्जका सात वडा बालविवाहमुक्त

दाङ । नेपालगञ्ज उपमहानगरपालिकाका थप सातवटा वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ । वडा नं. ३, ४, ९, ११, १८, २० र २१ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिए ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तवले फागुन मसान्तभित्र बालविवाह मुक्त घोषणा गर्ने स्थानीय तहलाई बैठक भत्ता र प्रशासनिक खर्च कटाएर समन्वय समितिले १० लाख रुपैयाँ प्रोत्साहनवापत उपलब्ध गराउने बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार, यसअघि नेपालगञ्जका चार वडा बाल विवाहमुक्त घोषणा भइसकेका छन् । नगरका २३ वडामध्ये बाँकी रहेका वडामा सर्वेक्षण सकेर विभिन्न सचेतनामूलक अभियानपछि छिट्टै बालविवाहमुक्त नगर घोषणा गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस