मुक्तिनाथ विकास बैक लिको १६औँ बार्षीकोत्सव

दाङ । मुक्तिनाथ विकास बैक लि. तुलसीपुर शाखाले बैंकको १६औ वार्षिकोत्सव मनाएको छ । बैकले वािर्षकोत्सवको अवसरमा बिभिन्न कायक्रम गरेको बैकका शाखा प्रबन्धक सरोजकुमार लामिछानेले बताए ।

शाखा कार्यालय तुलसीपुरले आफ्नो ग्राहकहरुलाई उपस्थित गराई बार्षीक उत्सबको सेलिब्रसन गरेको छ । भने सफल बैकिंङ्ग यात्रा र बैकिङ शिक्षाका विषयमा जानकारी गराएको छ । शाखा प्रमुख लामिछानेले जनता बैंकमा होईन बैंक जनतामा जानुपर्छ भन्ने मुल नारा लिएर अघि बढेको हुँदा बैकलै जनाता समम पुगेको बताए । उनले ग्राहक सेवालाई मुख्य प्राथमिकतामा राखेर अघि बढेको, बैंकले बित्तिय सेवा मात्र नभई बिभिन्न सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्दै आईरहेको उनले बताए । कार्यक्रमको सहजिकरण समाबेशि बैंकिङ्ग डेस्क प्रमुख गेहेन्द्र भट्टराईले गरेका थिए ।

शाखाले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत नेपाल संस्कृत विश्व विद्यालय बेलझुन्डी लाई १ थान डेक्टप कम्युटर सेट हस्तान्तरण गरेको छ । विश्व विद्यालयको तर्फ बाट कर्मचारी महाशाखा प्रमुख, शैक्षिक प्रशासन शाखा प्रमुख, साधारण लेखा महाशाखा प्रमुख, उप–कुलपति कार्यालय महाशाखा र शाखा प्रमुखहरु उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस