बुटवलबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस दुर्घटना : ७ जनाको मृत्यु, ८ जना घाइते

बुटवल । बुटवलबाट गुल्मीस्थित रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
आइतबार बिहान शव लिएर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको घटना स्थलमै मृत्यु भएको र अन्य ७ जना घाइतेलाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ ।
३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करिब ५० मि.तल झरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस