तुलसीपुर खानेपानी अपडेट : २२०० मत गन्दा भण्डारी प्यानलको अग्रता कायम

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनको मतपरिणाम अनुसार ९ दलिय गठबन्धनले अग्रता कायम गरेको छ । अध्यक्षमा यमकान्त भण्डारीले १०१२ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिद्वन्दी पवनराज बुढाथोकीले ८५८ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार दीपक कुमार धितालले १३५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा सीताराम शर्माले ११६७ मत प्राप्त गरेका छन्, भने उनका निकटतमप्रतिद्वन्दी गिरीधारी प्रसाद पौडेलले ७११ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार पूर्णप्रसाद धितालले २७ मत प्राप्त गरेका छन् ।

यस्तै सचिबमा सेवकराम भण्डारीले १४२६ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिद्वन्दी दामोदर लामिछानेले ३२४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा भद्रबहादुर वलीले ८२३ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिद्वन्दी भोलाप्रसाद थापाले ८१५ मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्षका उम्मेदवार मेघराज न्यौपानेले १४० मत प्राप्त गरेका छन् भने कर्णबहादुर वलीले ३६ मत प्राप्त गरेका छन् ।सदस्यहरुमा लक्ष्मण केसीले १३१५ मत प्राप्त गरेका छन्, पदमबहादुर खड्काले १०६७ र शोविन्द्र चन्दले ६१४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस