तुलसीपुर खानेपानी निर्वाचन अपडेट : ४०० मत गन्दा प्यानलकाे अग्रता कायमै

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनमा यमकान्त भण्डारीकाे प्यानलले अग्रता कायम गरेकाे छ । ४०० मत गणना हुँदा यमकान्त भण्डारीले १९० , पवनराज बुढाथोकीले १५१ र दीपक धितालले १९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा सितारम शर्मा आचार्यले २२७, गिरीधारी प्रसाद पौडेलले ११८, पुर्णप्रसाद धिताल ५, सचिबमा सेवकराम भण्डारीले २५३, दामोदर लामिछानेले ६६, कोषाध्यक्षमा मेघराज न्यौपानेले १९, भद्र बहादुर वलीले १६०, कर्ण बहादुर वलीले १३, भोला प्रसाद थापाले १२८ मत प्राप्त गरेका छन् ।

त्यस्तै पुरुष सदस्यमा पदम बहादुर खड्काले २०८, लक्ष्मण केसीले २५३, शोविन्द्र चन्द १११ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस