सक्सेस र एसएसएफएले अंक बाडे

दाङ । एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ (आज) बुधबारदेखि दाङको तुलसीपुरमा सुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको श्री नं. १९ बाहिनीका बाहिनीपति मदन केसीले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बाहिनिपती केसीले मानव स्वास्थ्यको लागि खेलकूदको महत्वलाई स्थानीयस्तरबाट बुझ्नु पर्ने बताए । राष्ट्रको सान र गौरव हो खेलकूद यसको महत्वलाई स्थानीयस्तर बाट बुझ्न आवश्यक छ अनि मात्र खेलकूदको विकास सम्भव छ उनले भने । कार्यक्रम दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता एवं नं. १९ बाहिनीका बाहिनीपति मदन केसीको प्रमुख आतिथ्य तथा ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख श्यामु आर्यालको बिशिष्ट आतिथ्यमा भएको थियो । प्रतियोगीताका संयोजक इन्द्रबहादुर पुनको स्वागत रहेको कार्यक्रमको संचालन संघका सदस्य लक्ष्मण बस्नेतले गरेका थिए ।

यसैबिच प्रतियोगिताको उद्घाटन खेलमा एसएसएफए र सक्सेस फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । कडा प्रतिस्पर्धात्मक खेलमा दुई÷दुई गोलको बराबरी भएपछि दुबै टिमले आफ्नो खातामा एक÷एक अंक जोडेका छन् । प्रतियोगीता अन्तरगत बिहीबार दुई खेल हुने भएका छन् । मध्यान १२ बजे हुने खेलमा लक्ष्य युवा क्लब तुलसीपुर १५ र टाईगर युवा क्लव तुलसीपुर ३ भिड्नेछन् ।

त्यस्तै दिउँसो साढे दुई बजे हुने खेलमा सक्सेस फुटबल क्लब तुलसीपुर र युनाईटेड युथ क्लब तुलसीपुर आमनेसामने हुनेछन् । २९ गतेसम्म संचालन हुने प्रतियोगीतामा जिल्लामा स्थापित दश क्लबहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस