देशभर हल्का वर्षा, चिसो बढ्यो

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर पानी परेको छ । पानी परेपछि चिसोसमेत बढेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ ।

अहिले पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने आज दिनभर नै देशभरको मौसम बल्ली रहनेछ । लगातार आज दिनभरि झरी नपरे पनि पानी पर्दै रोकिने र फेरि पर्ने सम्भावना छ ।

काठमाण्डौसहित नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, धनकुटा, जुम्ला, वीरेन्द्रनगरलगायत सबैजसो ठाउँको अधिकतम तापक्रम घटेको छ । जुम्ला, जोमसोम र जिरीको तापक्रम माइनसमा झरेको छ । जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम ११ दशमलव २ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस