गढवा होटल ब्यवसायी संघको चौथो साधारणसभा, पत्रकारसहित तीन सम्मानित

गढवा । गढवा होटल ब्यवसायी संघको चौथो बार्षिक साधारणसभा आइतवार गढवामा सम्पन्न भएको छ । संघका अध्यक्ष दयाराम थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले होटल पाहुँनाहरुका लागि दोश्रो घर भएको र यसले बिकास र समृद्धिको गतिलो भूमिका खेल्ने बताए । होटल तथा रेष्टुरेण्टहरु पहँुनाहरुका लागि उपयुक्त सेवा, सुरक्षा र पर्यटन मुखि बन्नुपर्ने र सरसफाई युक्त ताजा खाना तथा उचित बसोवासको ब्यवस्थापन हुनुपर्ने भन्दै गढवा क्षेत्रमा उपयुक्त हलसहितको पार्टी प्यालेस आवश्क रहेको बताए । कार्यक्रमका बिशिष्ट अतिथि गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगरले होटल ब्यवसायलाई स्तरीकरण र प्रबर्धन गर्दै गढवामा जमानाको माग अनुसारका सुबिधासम्पन्न होटल र उपयुक्त पार्टी प्यालेसको आवश्कता रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस गढवाका सभापति किरण पौडेल, नेकपा एमाले गढवाका उपाध्यक्ष मधा न्यौपाने, राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष कपिलदेव खनाल, नागरिक समाज गढवाका संयोजक मोहनकुमार पाण्डेय, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष गिरीराज भट्ट, चन्दनपुर सामुदायिक वनका अध्यक्ष एम्बे बहादुर बस्नेत, नवस्वर्गद्वारी महिला सहकारीका अध्यक्ष रेखा थापा, पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष चुडामणि पौडेल, दक्षिण देउखुरी अधिकार मञ्चका चित्रबहादुर खड्का र गढवा खानेपानीका ब्यवस्थापक नारायण पण्डितलगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाको स्थापनाकालदेखि संचारमाध्यम र अन्य रचनात्मक क्षेत्रबाट सहयोग गरेको भन्दै पत्रकार शिबराज पन्थीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै नियमित नविकरण र कर भुक्तानी गर्ने उत्कृष्ट दुई होटल ब्यवसायी रामकुमारी चौधरी र किसनबहादुर दर्लामी मगरलाई प्रशंसा पत्रले दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव तिलकबहादुर पुनले संस्थागत प्रतिबेदन र कोषाध्यक्ष दुखराम चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सदस्य टोपलाल सुवेदी सागरको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभाको संचालन सचिव तिलक पुनले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस