५ महिनामा ८ सय ४४ जना महिला बालिकामाथि हिंसा

घोराही । महिला माथि घरेलु हिंसाका घटना बढ्दै गएको छ । महिला पुर्नस्थापना केन्द्र ओरेकले पछिल्लो ५ महिनामा गरेको अध्ययनले महलिा माथि घरेलु हिंसाका घटना बढिरहेको देखाएको हो ।

गएको साउन महिनादेखि मंसिरसम्ममा ८ सय ४४ जना महिला तथा बालिकामाथि भएकामा ४ सय ७५ घटना घरेलु हिंसासँग सम्बन्धित रहेका ओरेकले जनाएको छ ।

यता दाङमा ओरेकले संकलन गरेको तथ्यांकमा २४ वटा हिंसाका घटना भएका छन् । १९ जना महिला र ५ बालबालिका घरेलुु हिंसामा परेर न्याय माग्न आएको ओरेकले जनाएको छ ।

श्रीमान तथा परिवारका अन्य सदस्यबाट महिलालाई विभिन्न बहानामा कुटपिट गरिएका, स्रोत-साधनबाट वञ्चित गरिएका, घरनिकाला गरिएका, गालीगलौज गरी भावनात्मक चोट पुगेका, विभिन्न डर त्रास देखाइ मानसिक यातना दिएका तथ्यांकहरु संकलन भएका छन् ।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस