व्यवसायलाई प्रविधिसँग जोड्नुपर्ने

तुलसीपुर । व्यवसायलाई समय सापेक्ष प्रविधिसंग जोडेर लैजानुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । तुलसीपुर मोवाइल तथा इलेक्ट्रोनिक व्यवसायी समितिको शनिबार तुलसीपुमम सम्पन्न प्रथम साधारणसभामा बोल्ने बक्ताहरुले सो बताएका हुन् । प्रविधिको उचित प्रयोगसँगै व्यवसाय बृद्धि, व्यवसायीक सुरक्षा तथा जनशक्तिको कम प्रयोग हुन सक्नेमा बक्ताहरुको जोड थियो ।

समितिका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले मोवाइल तथा इलेक्ट्रोनिक व्यवसायी प्रविधिसंग सम्बन्धित भएकाले आफूहरुपनि प्रविधिको प्रयोग गरि अरुलाई पनि प्रविधिको प्रयोगमा प्रेरित गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि चालिसेले उद्योग वाणिज्य संघ व्यवसायीको हीतमा काम गर्ने संस्था भएको भन्दै व्यवसायीको बिरोधका बीच मेला महोत्सव सञ्चालन नगर्ने प्रतिवद्धता ब्यक्त गरे । आगामी बर्षका लागि मेला महोत्सव सञ्चालन कार्यविधि तयार पारी लागू गर्ने बिषयमा स्थानीय सरकारसँग छलफल भएरहेको चालिसेले बताए । उपमहानगरपालिकाले तोकेको सरसफाइ शुल्क मासिक ५ सय र पसलहरुको बोर्डको कर प्रति बर्गफिट ४ सय रुपैयाँ बढि भएकाले त्यसलाई संशोधन गर्न माग गरिएको उनले जानकारी दिए । बढि भएकाले त्यसलाई संशोधन गर्न माग गरिएको ।

समितिका सदस्य नवीन वलीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथि उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाह, महासचिव विनिल केसी, सदस्य दीपेश भण्डारी, तुलसीपुर नगर जेसिजका निवर्तमान अध्यक्ष मेघराज घिमिरे, समितिका निबर्तमान अध्यक्ष दुर्गा भुसाल, सल्लाहकार विमल पौडेललगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा उपाध्यक्ष चेतन कडेंलले स्वागत मन्तब्य राखेका थिए ।

यसैबीच साधारणसभाले रिक्त महासचिव पदमा शुसान्त सापकोटा र किशोर वलीलाई सल्लाहकारमा चयन गरेको छ । सभामा बोल्ने व्यवसायीहरुले पुर्ण व्यवसायीक शुरक्षाको ज्ञारेन्टीको माग गरेका छन् । तुलसीपुर बजा सौंसाझै बन्द हुने, घरभाडा, फोहोर व्यवस्थापन, सुरक्षा, रात्रीकालिन चौकिदार लगायत समस्या समाधानमम ध्यान दिन व्यवसायीहरुले आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस