धनी र गरिब बिचको खाडल पुर्दै सहकारी

दाङ । जिल्ला सहकारी संघ दाङले आज आफ्नो २९औं वार्षिक सधारण सभा घोराहीमा सम्पन्न गरेको छ । संघका अध्यक्ष गोबिन्दप्रसाद शर्माको अध्यक्षता एवं सहकारी प्रशिक्षण केन्द्र बाँकेका प्रचार्य विनोद पौडेलको प्रमुख आतिथ्यतामा सधारण सभा सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले समाजमा धनि र गरिबका विचमा भएको खाडललाई कम गर्दै उत्पादन र उद्यमशिलताको विकास गर्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए । सामाजिक मूल्य मान्यतासहितको आर्थिक विकासका लागि सहकारी नै प्रभावकारी माध्यम भएको उनको भनाई छ । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले सरकारले आर्थिक विकासको मुख्य तिन क्षेत्रमध्ये एक क्षेत्र सहकारीलाई मानेको भन्दै यसले जनताको जिवनस्तर माथि उठाउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । कार्यक्रममा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम अध्यक्ष शर्माले, लेखा समितिको प्रतिवेदन समितिका संयोजक हेमराज गौतमले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरिप्रसाद भुषालले प्रस्तुत गरेका थिए ।

सहकारी संस्थाहरु मर्ज भई एकिकरण गर्ने हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र देउखुरी बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको हो । संघका उपाध्यक्ष अन्जनकुमार पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शुक्रराज भण्डारीले गरेका थिए । तस्वीर : वर्षा मगर

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस