आश्रमका ३५ जना नागरिकहरूलाई न्यानो कपडा वितरण
दाङ । तुलसीपुरमा रहेको मानव सेवा आश्रमका ३५ जना नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ । शनिवार अयालोन दमारगाउँ एजी चर्चले आश्रममा रहेका ३५ जना नागरिकहरूलाई न्यानो सल, सुइटर, टोपी वितरण गरेको समाजसेवी टोप बहादुर महतराले जानकारी दिए ।
चर्चले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको भन्दै उनले यो जाडो मौसममा थोरै भएपनि आश्रममा रहेका ज्येष्ठ नागरिक, महिला, बालबालिकाहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले चर्चका दिदी बहिनीहरूले आर्थिक सहयोग गरे बताए ।
त्यस्तै उनले विभिन्न कारणले सडकपेटीमा कष्टकर जीवन बिताएका ब्यक्तिहरूलाई आश्रमले सेवा गर्दै आइरहेको अवस्थामा आफूहरूले पनि त्यसमा सहयोग गर्नु पर्छ, भनेर नै सहयोग गरेको भन्दै उनले अन्यलाई पनि सहयोग गर्न आग्रह गरे ।
‘यो आश्रम तुलसीपुरमा सञ्चालनमा आएर धेरै राम्रो काम गरेको छ,’ उनले भने,‘ यो संस्थाले यसरी सेवा गर्नुमा कुनैपनि स्वार्थ रहेको छैन् । यसरी सडकपेटीमा दुःखकष्ट पाएका नागरिकले अभिभावक पाएका छैन् । त्यसैले हामी सबैले यसलाई सहयोग गर्न जरुरी छ । ’
त्यस्तै कार्यक्रममा मिरा रसाइली, गीता ९ विष्ट ० महतरा लगायतले आश्रमले मानव सेवा गरेको भन्दै चर्चा गरेका थिए । उनीहरूले आगामी दिनहरूमा पनि आफूहरूको तर्फबाट सक्दो सहयोग गर्न प्रतिवद्धता जनाएका थिए ।साथै, उनीहरूले आश्रममा रहेका ब्यक्तिहरूलाई खाना समेत खुवाएका थिए ।