प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी निर्माण हुने कानुन स्वीकार्य हुँदैनन् : उपाध्यक्ष जिएम
दाङ । नेपाल पत्रकार महासघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी निर्माण हुने कानुन महासंघलाई स्वीकार्य नहुने बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको २९ औं स्थापना दिवसका अवसरमा घोराहीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष जिएमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी निर्माण भएका कानुनहरुलाई सच्याउन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ पत्रकारहरुको हकअधिकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा ओकालत गर्ने अगुवा संस्था भएको भन्दै उनले त्यसका विरुद्धमा नजाने प्रतिवद्धता समेत व्यक्त गरे । उनले लुम्विनी प्रदेश सरकारमा अघिल्लो सरकारले बनाउन थालेको प्रेस सम्वन्धी कानुनमा महासंघको असहमति रहेको भन्दै त्यसलाई नसच्याएर महासंघलाई मान्य नहुने बताए । ‘नयाँ कानुन निर्माणका क्रममा केही जटिलता देखिएका छन् । ती जटिलता हटाउँदै कानुन निर्माणका लागि महासंघले भूमिका खेल्दै आएको छ’, केन्द्रीय उपाध्यक्ष जिएमले भने, ‘त्यही क्रममा लुम्विनी प्रदेशमा सञ्चार नीतिमा हाम्रो असहमति छ । त्यसलाई पुर्नलेखन गर्न आग्रह गरेका छौं । आशा छ त्यो सच्चिने छ ।’ उनले नसच्याएर त्यसका विरुद्धमा महासंघले संघर्ष गर्ने बताए ।
त्यस्तै उनले सञ्चारक्षेत्रको विकाससँगै सञ्चारकर्मीहरुको अधिकारका लागि लड्नेदेखि क्षमताअभिवृद्धिका लागि महासंघले विभिन्न कार्यक्रमहरु गर्ने तयारी रहेको बताएका थिए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले २९ बर्षको अवधिमा दाङमा पत्रकारिताको विकाससँगै सिंगो देशको नेतृत्व गर्ने पत्रकारहरु उत्पादन गर्न सफल महासंघ भएको भन्दै यो उपलव्धीलाई जिल्लाको सञ्चार तथा सञ्चारकर्मीको क्षमताअभिवृद्धमा लगाउन आग्रह गरेका थिए । उनीहरुले सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्थालाई सस्थागत गर्दै जनतालाई सुसजित गर्ने सञ्चारक्षेत्रलाई विश्वसनिय बनाउन सचेत भएर सत्य, तथ्य एव सन्तुलित समाचार संप्रेसन गर्नका लागि संचारकर्मीरुले ध्यानदिनुपर्ने बताएका थिए । प्रविधिको विकासले सञ्चारकर्मीहरुलाई सहजतासँगै चुनौति समेत थप्ने काम गरेकाले त्यसफर्त पत्रकार महासंघ, सञ्चार सस्था एव स्वयम पत्रकारहरुले ध्यान पु¥याउन आवश्यक रहेको बताएका थिए ।
अवसरमा बोल्ने बक्ताहरुले प्रेसमैत्री तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सञ्चारकर्मीले खवरदारी गर्नुपर्ने बताएका छन् । प्राप्त लोकतान्त्रिक उपलव्धीको रक्षा, सस्थागत विकाससँगै सामाजिक रुपान्तरण, जिल्लाको आर्थिक, सामाजिक, सास्कृतिक, राजनीतिक, शैक्षिक विकासकालगायतको समग्र बिकासका लागि सञ्चार माध्यमको महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । साथै सहभागीहरुले सञ्चार माध्यमलाई आगामी दिनमा सशक्त रुपमा लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दाङ जिल्ला समाजिक, राजनीति, आर्थिकसंगै समग्र विकासका लागि कलम चलाउन आग्रह गरेका थिए । सञ्चार क्षेत्रले जिल्लाको समग्र विकाससँगै सामाजिक रुपमन्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यसतर्फ सञ्चारकर्मीहरुले सचेत भएर कम चलाउनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका सल्लाहकार तथा पुर्व अध्यक्ष सुदीप गौतमले महासंघको मार्ग र सिद्धांतमा रहेर अघि बढन पत्रकाररुलाई आग्रह गरेका थिए । नेपाल पत्रकार महासघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं सल्लाहकार सविन प्रियासनले दाङको पत्रकारिताको संस्थागत बिकासदेखि पत्रकारहरुको क्षमता विकासमा ध्यान दिनुपर्ने बताए । त्यसका लागि वर्तमान कार्यसमितिलाई सबैले सहयोग गर्न आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघ शाखाका पुर्व अध्यक्ष एवं प्रेस स्वतन्त्र सेनानी सुशील गौतमले पत्रकार क्षेत्रका धेरै सकारात्मक पक्ष र उज्ज्वल सम्भावना रहेको भन्दै उनले सत्यका पक्षमा दृढताका साथ कलम चलाउन आग्रह हरेका थिए । कार्यक्रममा महासंघका पुर्वअध्यक्ष केएल पीडितले सञ्चार क्षेत्रको विकाससँगै पत्रकारले क्षमता बिकासमा ध्यान दिनुपर्ने बताए । साथै कार्यक्रममा नेपाल पत्रकार महासघ दाङ शाखाका सल्लाहकार लक्ष्मी आचार्य, महासंघका सस्थापक कोषाध्यक्ष रामप्रसाद पौडेल, नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्त, नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपा समाजबादीका चिरञ्जीवी बुढाथोकी, राष्ट्रिय जनमोर्चाका मनिराम खनाल, सामुदायिक रेडियो प्रसारक संघ अकोर्यावका केन्द्रीय सदस्य संगीत बस्याल, प्रदेश अध्यक्ष केपी घिमिरे, पुरस्कार संस्थापक समेत रहेका सामुदायिक वन उपभोक्त महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदी, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिङ बुढाथोकी, जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख मुकुन्द रिजाल, प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेत, घोराही उपमहानगरपालिका १४ का वडा अध्यक्ष शक्तिराम डागी, मानवअधिकार एलायन्स दाङका अध्यक्ष विकिरण गौतम, पुरस्कृत व्यक्तिका तर्फबाट पत्रकार महासंघका पुर्व उपाध्यक्ष लिला शाह, पुर्व सचिव भुपेन्द्रप्रकाश वली, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाल, जनपत्रकार संगठन नेपाल दाङका उपाध्यक्ष जंग रेउले, कियासिल पत्रकार महिला मन्चका अध्यक्ष रोशनी मल्ल, आदिवासी जनजाती पत्रकार सघका प्रेमबहादुर राम्जालगायतले मन्तव्य व्यक्त गरेका थिए । पत्रकार महासघ दाङ शाखा उपाध्यक्ष बसुन्धारा गौतमको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आर।के। शीतलले गरेका थिए ।
१४ पत्रकारहरु पुरस्कृत
नेपाल पत्रकार महासंघ दाङ शाखाको २९औं स्थापना दिवसका अवसरमा १४ जना पत्रकारहरु पुरस्कत भएका छन् । महासंघले स्थापना दिवसका अवसरमा अंकित–टुकादेवी स्मृति पत्रकारिता पुरस्कार सविन प्रियासन, उमा–चन्द्र–गित–हरि स्मृति पत्रकारिता पुरस्कार लिला शाह,पार्वती स्मृती स्वास्थ्य पत्रकारिता पुरस्कारबाट जेएन सागर, दिपक भट्राई स्मृति पत्रकारिता पुरस्कार भूपेन्द्र वली, वर्ष उत्कृष्ट पुरस्कार दामोदर बस्नेत ‘राकेश’, महिला सिर्जनशील पत्रकारिता पुरस्कार सरिता चौधरी, ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार लिलाधर वली, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरकार प्रेमविवश घर्ति, लोककुमारी स्मृति प्रतिभा पत्रकारिता पुरस्कार पाण्डव शर्मा, दुर्गा–टिका स्मृति पत्रकारिता पुरस्कार सविता चौधरी, शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कार जीतबहादुर चौधरी,देवकी नन्दन प्रतिभा पुरकार जनक नेपाली, टिका–नारायणी स्मती पत्रकारिता पुरस्कार देव यादव र पत्रकारिता प्रोत्साहत पुरस्कार विरेन्द्र गिरीलाई प्रदान गरिएको हो ।
पुरस्कार पत्रकारलाई अविर, टिका, प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथिलगायतका अतिथिहरुले प्रदान गरेका थिए । स्थापना दिवसका अबसरमा छापा सन्चार माध्यमतर्फ नयाँ युगबोध दैनिक, बिधुतीय सञ्चार माध्यमतर्फ रेडियो हाम्रो पहुँच र अनलाइनतर्फ तुलसीपुर अनलाइनलाई सम्मान गरिएको थियो । स्थापना दिवसका अवसरमा कोरोना संक्रमणको जोखिमको समयमा नेपाल पत्रकार महासंघ दाङ शाखामा आइसोलेशन स्थापना गर्न सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियोे । मृतक पत्रकारहरुलाई मरोनोपरान्त सम्मान गरेको थियो ।