सालझुण्डी सामुदायिक वनको बार्षिक साधारणसभा

गढवा । सालझुण्डी सामुदायिक वन गंगापरस्पुरको २७औं बार्षिक साधारणसभा शनिबार रामनगरमा सम्पन्न भएको छ । सामुदायिक वन समूहका अध्यक्ष रामलक्ष्मण यादवको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले यो सामुदायिक वनले अहिले निकै प्रगति गरिरहेको भन्दै वन वातावरण र जैविक विविधताको संरक्षणसँगै उपभोक्ताका अधिकार पूरा गर्नु सामुदायिक वनको दायित्व भएको बताए । कार्यक्रममा गढवा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष गुलाम मोहम्मद, वन महासंघ गढवाका अध्यक्ष नवराज शर्मा, गोबरडिहा सव डिभिजनका सहायक वन अधिकृत दिनेश डाँगी, नेकपा माओवादी केन्द्रका अतिउल्ला मनिहार, राष्ट्रिय जनमोर्चाका टुकमान कुँवर,जनता समाजवादी पार्टीका महबुव अली, सल्लाहकार तथा संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, काँसी प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

सो अवसरमा सामुदायिक वनका अध्यक्ष रामलक्ष्मण यादवले बार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए भने प्रगति तथा आर्थिक प्रतिवेदा कोषाधयक्ष हरीचन्द्र चौधरीले प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सामुदायिक वन समूहका सचिव सरस्वती चौधरीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस