ठेला ब्यवसायमा रमाएका क्रिमलाल

गढवा । गढवा गाउँपालिका वडा नं. ५ खजरौटा निवासी क्रिमलाल चौधरी रोजगारको शिलशिलामा धेरै बर्ष बिदेशमा बसेका थिए । भारतको गंगानगरमा बसेर अर्काको नोकरी गर्दै गर्दा कोभिड १९ को महामारी आयो । कोभिडबाट सुरक्षित हुन उनी नेपाल घर आएका थिए । बरु मरेपनि आफ्नै गाउँमा मरम्ला तर अर्काको देशमा मर्न नपरोस भनि म भारतबाट फर्किए ।फर्किएपछि स्वदेशमै घर परिवारसँग संगै बसेर जिविकोपार्जनको केहि काम गरेर स्वदेशमै रमाउने मन जाग्यो उनले भने ।

क्रिमलालसँग बयवसाय गर्ने पैसा पनि थिएन । भारतको जागिरले एनकेन परिवार पालेका क्रिमलाललाई स्वान संसथाले फेला पा¥यो । के खोज्छेस् काना, आँखा भनेझैं स्वानले ब्यवसायमा सपोर्ट गर्ने आश्वासन दिएपछि मैले ठेला ब्यवसाय गर्ने र चार्ट तथा पानीपुडी बेच्ने निधो गरें उनले भने । स्वान नेपालले ३० हजारको लगानीमा ठेलागाडा, ग्याँस चुल्हो र सिलिण्डरको जोहो गरिदियो । त्यसमा केहि पैसा आफ्नो पनि लगाएर बिगत १ वर्षअघि ठेला बयवसाय सुरु गरें, अहिले राम्रै आम्दानी भएको छ चौधरीले भने ।

अर्काको जागिर, त्योपनि घर परिवारबाट टाढा बसेर अर्कैको बिरोनो देशमा लामो समय बिताए । अहिले आफ्नै देश र घर परिवारसँग बसेर पानीपुडी र चार्ट को ठेला ब्यवसाय गरेको छु । दैनिक ७ सयदेखि १ हजारसम्म खर्च कटाएर कमाई गरेको छु । गढवा ४ को वडा कार्यालयको नजिकमा ठेलागाडा राख्छु, ग्राहक नभए गाउँमा पनि घुमाउँछु । चार जनाको परिवार पालेर मासिक ३० हजार हाराहारी कमाएको छु बिदेश किन पो जानु प¥यो उनले भने । गाउँघरमै बसेर खरदारले खाने तलब कमाई भएको छ, म संन्तुष्ठ छु । बिदेशमा नपसेर आफ्नै देशमा केहि गरेर आत्मनिर्भर बन्न सकिदो रहेछ चौधरीले भने ।

क्रिमलाल चौधरीले जस्तै स्वान नेपालको आर्थिक सपोर्टमा गढवा ५ खजरौटाका अन्य ६ जनाले बिदेशबाट फर्केर कसैले बाख्रा पालन गरेका छन् भने कसैले कुखुरा पालन गरेर आत्मनिर्भर बन्न भएको पाइएको छ । सोही गाउँका लक्ष्मीप्रसाद चौधरी कतारबाट फर्केपछि स्वानको ३० हजार सहयोगमा बाख्रा पालन गरेको बताए । तिनवटा बाख्राबाट सुरु गरेको ब्यवसाय अहिले माउ–पाठा गरेर १८ वटा बनाएको छु उनले भने । त्यत्ति मात्र होइन सोही गाउँकै बंसराज रैदास, सुन्तली चौधरी, शिबप्रसाद रैदास र सरिता चौधरीले स्वान नेपालको ३० हजार सपोर्टमा बाख्रापालन ब्यवसाय गरेर घर परिवार चलाउदै आएका उनी भने मिना चौधरीले ब्रोइलर कुखुरा पालेर आफ्नो जिविका राम्रैसँग चलाएको बताए । स्वानले हामीलाई सहयोग गरेर बाटो देखायो अब हामी आफ्नै खुट्टामा उभिएका छौं उनहरुको भनाई छ ।

रोजगारको खोजीमा बिदेश गएर पनि कोभिड महामारीका कारण निरास भै घर फर्केका बिपन्न र सिमान्तकृत समुदायका नागरिकहरुलाई स्वान नेपालले पहिचान गरि रोजगार तर्फ उन्मुख गराएको स्वानका कार्यक्रम संयोजक रेवन्त चौधरीले जानकारी दिए । यसरी स्वान नेपालले कोभिड प्रभावित भएर स्वदेश फर्केका गढवाका केहि नागरिकहरुलाई आत्मनिर्भर बन्ने मार्ग प्रसस्त गरेकोमा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले प्रशंसा ब्यक्त गरे । स्वदेशमै केहि गरियो भने मजासँग जिवन गुजार्न सकिन्छ भन्ने यौटा गतिलो उदाहरण दिएका गढवा ५ खजरौटाका यी नागरिकहरुले समाजलाई सकारात्मक सन्देश त दिएकै छन् अर्कोतिर स्वदेशमै बसेर सजिलै कमाउन र जिविका चलाउन सकिने उदाहरण देखाएका छन् ।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस