राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा लामिछाने

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने नियुक्त भएका छन् ।

प्रतिष्ठानका शिक्षाध्यक्ष समेत रहेका डा. लामिछानेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखाकाअनुसार अर्को उपकुलपति नियुक्त नभएसम्मका लागि उपकुलपतिको हैसियतले कामकाज गर्ने गरी निमित्तको जिम्मेवारी दिइएको छ ।

महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक सकुन्तला प्रजापतिले डा. लामिछानेलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रतिष्ठानको प्रशासनिक, आर्थिक, शैक्षिक तथा प्राज्ञिक कार्यहरू गर्ने गरी निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ ।

मन्त्रालयले पुस १ गते गरेको निर्णयअनुसार प्रा.डा. संगीता भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागि उपकुलपतिको हैसियतमा काम गर्ने गरि तोकिएको जिम्मेवारीको निर्णय बदर समेत गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस