तेस्रो वडा अध्यक्ष कप फुटबलको उपाधी कचिलालाई

दाङ । दाङ तुलसीपुर १२ हरिपौरामा संचालित तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७८ को उपाधी कचिला युवा क्लबले जितेको छ ।
डबरा टोल बिकास संस्था तुलसीपुर १२ हरिपौराको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ को आर्थिक सहयोगमा पशुपती माबी हरिपौरा खेलमैदानमा संचालित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा कचिली युवा क्लव बि लाई दुईका विरुद्ध तीन गोलको अन्तरले पराजित गर्दै कचिलाले उपाधी जितेको हो । उपाधीसँगै उसले नगद पचास हजार, कप, मेडल तथा प्रमाणपत्र हात पा¥यो । फाईनलमा सम्मानजक पराजय ब्यहोरेको कचिली उपबिजेतामा सिमित रहदै नगद पैतिस हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
त्यस्तै टरिगाउँ युवा क्लबले तृतिय स्थान हाँसिल गर्दै नगद पच्चीस हजार, कप, मेडल प्रमाणपत्र हात पा¥यो । यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक टोल बिकास संस्थाका सचिव खगेन्द्र अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष सूर्यबहादुर डाँगी श्यामको प्रमुख आतिथ्य एवं तुलसीपुर बहुप्राविधिक शिक्षालयका प्रमुख वसन्त आचार्यको बिशिष्ट आतिथ्यमा भएको थियो । सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फको उत्कृष्ट खेलाडीको उपाधी हात पार्ने कचिला युवा क्लवका मनराज मगर र उत्कृष्ट गोल रक्षकको उपाधी हात पार्ने कचिलाकै नारायण मगरलाई नगद जनही २५ सय रुपैयाँ तथा ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।
स्थानीय स्तरमा फुटबल खेलको पहँुच अभिवृद्धिसँगै खेलाडीको पहिचान गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडा भित्र स्थापित १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिता अबधिभर रेफ्रीको भूमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, खुमबहादुर ओली र सुरेश मगर रहेका थिए ।