तुलसीपुर महोत्सब अन्तिम तयारीमा

तुलसीपुर । तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले अहिले बजारमा भइरहेको विरोध आफ्नो महोत्सव विफल पार्नभन्दा पनि आफ्नो अधिकार प्राप्तीका लागि भएको बताएका छन् ।

मंगलबार तुलसीपुरस्थित महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो बताए । ‘उहाँहरुले अहिले जुन आन्दोलन गरिरहेको छ, त्यो आन्दोलन हाम्रो महोत्सव विफल पार्नकालागि होइन्, उहाँहरुले अहिले आवाज उठाएपछि आफ्ना माग सम्बोधन हुन्छन्, की भन्ने अपेक्षा हो’, उनले भने‘ मेला महोत्सवकालागि छुट्टै कार्यविधि बन्छ की, हाम्रो व्यबसायीक अधिकार सुनिश्चित हुन्छ की भन्ने हो जस्तो मलाई लाग्छ ।’

उनले तुलसीपुर उद्योग बाणिज्य संघले पनि आफ्नो महोत्सवको समर्थन नै गरेको समेत बताए । साथै उनले सोमबार बिभिन्न व्यबसायीहरुले गरेको विज्ञप्तीलाई लक्षित गर्दै भने ‘चन्द्र सूर्य यातायात प्रालिले लगाएको महोत्सवलाई बन्द गर्न संकलन गरिएको हस्ताक्षर, अन्तै प्रयोग गर्नुभयो, हस्ताक्षर दुरुपयोग भयो भनेर पनि धेरै साथीहरुले भन्नु भएको छ ।’

विकाससंग जोडिएको महोत्सवमा सबैको साथ रहने भन्दै उनले महोत्सवले किसानले उत्पादन गरेको सामग्रीलाई पर्बद्धन हुने, घरेलु उद्योगलाई प्रबद्र्धन गर्ने उद्देश्य रहेकाले सबैले सहयोग गर्ने समेत बताए । तर, कतिपय व्यबसायीहरुले आफ्नो नाफा लिनकालागि प्रपन्च रचेको समेत उनको आरोप थियो ।

महोत्सव उद्घाटन गर्न राष्ट्रियसभा अध्यक्ष आउने
महोत्सव उद्घाटन गर्न राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना आउने भएका छन् । साथै अन्य सांस्दहरु, चेम्बरका राष्ट्रिय नेताहरु, बिभिन्न निकायका प्रमुखहरुको सहभागिता रहने समेत उनले बताए ।

त्यस्तै तुलसीपुरसहित घोराही, हापुरलगायतका स्थानबाट झाँकी पनि आउने उनले बताए । साथै महोत्सवकालागि सबै संरचनाहरु निर्माणको अन्तिम तयारीमा रहेको समेत बताए । महोत्सव पुस १ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । साथै महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस