लघुउद्यम बिकासका लागि तालिम सुरु

गढवा । गढवा गाउँपालिकाको उद्यम बिकास शाखाको आयोजनामा गढवा ५ को धर्मपुरमा किसानहरुका लागि उद्यम बिकास सम्बन्धी ६ दिने तालिम सोमवारदेखि सुरु भएको छ । किसानहरुका लागि १ दिने ब्यवसाय सचेतना,४ दिने ब्यवसाय सुरु तथा १ दिने लैंगिक सामाजिक समावेशीकरण सम्बन्धि उद्यम तालिम सुरु भएको गाउँपालिकाले जनाएको छ ।

यसैबिच उक्त तालिमको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र शान्ती चौधरीले एक कार्यक्रमका बिच सोमवार उद्घाटन गरेका हुन् । बेरोजगार किसानहरुलाई आयआर्जन र जिविकोपार्जन तर्फ सहयोग गर्ने उद्देश्यले उद्यम बिकासको कार्यक्रम गाउँपालिका मार्फत संचालन भै रहेको अध्यक्ष यादवले बताए ।

गरिबि निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत गढवाका वडानं. ६,७ र ५ मा यो कार्यक्रम बिगतका बर्षहरुबाट संचालनमा आइरहेको र कार्यक्रमबाट केहि नागरिकहरुले आफ्नै उद्यम तथा ब्यवसाय सुरु गर्न सहज भएको उपाध्यक्ष शान्ती चौधरीले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण उद्यम बिकास सहजकर्ता मिना चौधरी र बिनु भुजेलले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस