किसानको खेतमा गाउँपालिकाको टोली

गढवा । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र उपाध्यक्ष शान्ती चौधरी लगायतको टोलीले मंगलबार गढवाका वडा नं. ४ र ५ का बिभिन्न बस्तीका किसानहरुको खेतमा पुगी तरकारी खेतीको स्थलगत अबलोकन तथा अनुगमन गरेको छ । स्वान नेपालको आर्थिक सहयोगमा गढवा ४ को पर्सामा तरकारी खेती गरेका किसानहरु र गढवा ५ खजरौटामा पशुपालन गरेका किसानहरुको अवस्थाको स्थलगत अनुगमन गरेको हो ।

गढवा ४ को पर्सामा जुनतारा महिला कृषक समूह र पर्सा भूमि अधिकार कृषक समूहले गरेको सामुहिक तरकारी खेतीको अबलोकन गरिएको गाउँपालिकाले जनाएको छ । उक्त गाउँमा १४ कठ्ठा १५ धुरमा ३ जना किसानहरुले सामुहिक आलुखेति गरेका,१० कठ्ठामा थप एक जनाले तरकारी खेति गरेको र १५ कट्ठामा समूहमार्फत ४ जनाले टनेल तरकारी खेति गरेको पाइएको छ । सो तरकारी खेतिका लागि स्वान नेपालले पहिलो बर्षमा जग्गा लिजमा लिएको भाडा दिएको,दोश्रो बर्षका लागि निःशुल्क बिउ उपलब्ध गराएको स्वान नेपालका सामाजिक परिचालक सोना कुमालले जानकारी दिए । यसैगरी स्वान नेपालले तरकारी खेति गरेका किसानहरुलाई सिंचाइका लागि पाइप, बोरीङ र मोटर समेत उपलब्ध गराई किसानहरुको आयस्तर बृद्धिमा सपोर्ट गरेको कार्यक्रम संयोजक रेवन्त चौधरलिे जानकारी दिए ।

यसैगरी बैदेशीक रोजगारबाट नेपाल फर्किएका गढवा गाउँपालिका वडा नं. ५ खजरौटाका ७ जनालाई स्वान नेपालले पशुपालन र ब्यवसायमा प्रति ब्यवसाय ३० हजारका दरले सहयोग गरेको कृषि प्राबिधिक सिता कुमारी चौधरीले जानकारी दिइन् । जस अनुसार सोहि गाउँका क्रिमलाल चौधरीलाई चार्ट तथा फूल्की ठेला ब्यवसायका लागि सहयोग गरिएको र लक्ष्मि चौधरी,बंसराज रैदास, सुन्तली चौधरी, शिबप्रसाद रैदास र सरिता चौधरीलाई बाख्रापालन ब्यवसायका लागि तथा मिना चौधरलिाई ब्रोइलर कुखुरा पालनका लागि जनही ३० हजारका दरले आर्थिक सपोर्ट गरेको स्वान नेपालका उपाध्यक्ष सिता चौधरीले जानकारी दिइन् । स्थलगत अनुगमनको क्रममा बैदेशिक रोगगारबाट फर्केर बेरोजगार बसेका नागरिकहरुको आयआर्जन र जिविकोपार्जनमा सहयोग गरेको पाइएको गढवा गाउँपालिकाले जनाएको छ ।

अनुगमनमा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, उपाध्यक्ष शान्ती चौधरी, कृषि शाखाका प्रमुख कर्ताराम यादव, स्वानका कार्यक्रम संयोजक रेवन्त चौधरी, कृषि प्राबिधिक सिता कुमारी चौधरी, उपाध्यक्ष सिता चौधरी, कोषाध्यक्ष राममोती चौधरी र सामाजिक परिचालक सोना कुमाल तथा भूमी अधिकारकर्मी सुनिल चौधरी र पत्रकारहरुको टोली रहेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस