पत्रकार महासंघ दाङले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै
दाङ । नेपाल पत्रकार महासंघ दाङले आफ्नो स्थापना दिवस विभन्न कार्यक्रम गरि मनाउने भएको छ । आइतबार अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता भएको बैठकले पुस १ गतेदेखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
जस अन्तरगत पुस १ गते रक्तदान कार्यक्रम, २ गते बंगलाचुलीमा मिडिया सम्मेलन, ३ गते पत्रकार महासंघ दाङको वेवसाईड सार्वजनिक र ४ गते पुरस्कार वितरण तथा स्थापना दिवश विशेष कार्यक्रम गर्ने निर्णय गरेको सचिव आरके सितलले जानकारी दिए ।
महासंघले स्थापना दिवस मनाउनका लागि विभिन्न समितिसमेत गठन गरेको छ । अध्यक्ष दुर्गालाल केसी संयोजक, उपाध्यक्षहरु बसुन्धरा गौतम र सन्तोष सुवेदी सदस्य रहेको पुरस्कार छनोैट समिति, सचिव आर.के.शीतल संयोजक, सह–सचिवहरु दशरथ घिमिरे र दीप्तीशिखा चौधरी सदस्य रहेको स्थापना दिवस कार्यक्रम व्यवस्थापन समिति त्यस्तै उदय बिसी संयोजक, दुःखहरण यादव र गिरीराज नेपाली संयोजक रहेको मञ्च व्यवस्थापन समिति, शिवराज खनाल संयोजक, अञ्जना चौधरी र उमा भण्डारी सदस्य रहेको स्वागत सत्कार समिति गठन गरिएको सचिव सितलले बताए ।
यस्तै रेडियो स्वर्गद्वारीमा कार्यरत सञ्चारकर्मी रामसिंह विश्वकर्मा दुबै मृगौला फेल भई मानव अंग प्रत्यारोपण केन्द्र सहिद धर्मभक्त किड्नी ट्रान्सपलान्ट सेन्टर दुधपाटी भक्तपुरमा उपचारत रहेकाले उनको उपचारका लागि अभियान सुरु गर्ने निर्णय पनि बैठकले गरेको छ । जसका लागि पत्रकार महासंघ दाङ शाखामा वा रामसिंह बिकको नाममा कृषी विकास बैंकको खाता नम्बर ०९१९४०१९९५३२४०१७ र प्रभु बैंकको खाता नम्बर ०३६००२७१०५००००११ मा रकम जम्मा गरेर भौचर पत्रकार महासंघ दाङ शाखालाई उपलब्ध गराईदिन अनुरोध पनि गरिएको छ ।
बैठकले नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य नरेन्द्र केसीको आमा जानकादेवी केसीको ८७ वर्षको उमेरमा र सदस्य जीत सागर जिएमको वुवा भादुराम घर्तीको ८४ वर्षको उमेरमा हालै भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै मृततको आत्माको चिरशान्तिको कामनासहित परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।