दाङमा जीप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

दाङ । दाङको तुलसीपुरबाट कपुरकोट जाँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तीन जनाको मृत्यु भएको र अन्य १६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका वडा नं. ४ निवासी ४८ बर्षीय प्रेमप्रकाश शर्मा, सोही ठाउँका ४६ बर्षीय सौनी घर्ती र ४६ बर्षीय कर्णबहादुर खड्का रहेका छन् ।
आईतबार अपरान्ह ४ बजेतिर तुलसीपुर ३ सिरखोला नजिकै दुर्घटनामा परेको हो । गाडीको आफै ‘स्टार्ट’ बन्द भएर ब्रेक नलाग्दा दुर्घटना भएको हो । रा १ ज ४३८ नम्बरको जिप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब २ सय मिटर तल खसेको छ । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस