जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जीप सिरखोलामा दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको भएको हो । मृत्यु हुनेको पहिचान खुलेको छैन् ।
राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर ३ सिरखोलामा रा १ ज ४३८ नम्बरको जीप दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिए । जीप बेलुका साढे चार बजेतिर दुर्घटनामा परेको हो ।
जीप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा करिब १३ जना यात्रु सवार रहेको र विस्तृत विवरण आउन बाँकी रहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुजाराले जानकारी दिए । घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस