तीन दिने आधारभूत पत्रकारिता एवं उद्घोषण तालिम सुरु

दाङ । दाङको घोराहीमा तीन दिने आधारभूत पत्रकारिता एवं उदघोषण तालिम सुरु भएको छ । कृयाशिल पत्रकार महिला दाङको आयोजना एब घोराही उपमहानगरपालिका वडा नं. १४ को आर्थिक सहयोगमा उक्त तालिम सुरु भएको हो ।

कृयाशिल पत्रकार महिला दाङका अध्यक्ष रोशनी मल्लको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नं. १४ का का अध्यक्ष शक्तिराम डाँगीले पत्रकारिता क्षेत्र संबेदनशिल र जटिल पेशा भएको बताए । उनले कम्तीमा पनि कुनै ब्यक्ती दिन सक्ने नभए पनि आफ्नो अधिकार लिन सक्ने बन्न आग्रह गर्दै तालिम अबधी भर सिकेका कुराहरू ब्यबहारमा कार्यान्वयन गर्न आग्रह गरे ।

साथै उनले सञ्चार क्षेत्रमा आफ्नो वडाले सदैभ सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरंतरता दिने बताए । कार्यक्रममा दाङका संस्थापक अध्यक्ष बसुन्धरा गौतमले समाज रुपान्तरणका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने बताइन् । उनीले पछिल्लो समय स्थानीय तहहरु यस तर्फ गम्भीर भएर लागेको भन्दै खुशी व्यक्त गरिन् ।

दाङका सल्लाहकार सन्धया रेग्मीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सर्मिला डिसीले गरेकी थिइन् । उक्त तालिमको पहिलो दिनको प्रशिक्षकमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष एब धधव दाङका संस्थापक अध्यक्ष बसुन्धरा गौतम, महासंघ दाङका उपाध्यक्ष सन्तोस सुबेदी रहने छन् । तालिममा २१ जनाको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस